After SEE Portal

विद्यालयको सुनिश्चितता वडा घोषणा

Bridge Course

चिप्लेढुङ्गा, १८ मङ्सिर (रासस) ः आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका–२० का सम्पूर्ण बालबालिकाका लागि विद्यालयको सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । 

उक्त वडामा विद्यालय बाहिर रहेका ११ जनालाई विद्यालय भर्ना गरी सुनिश्चितता वडा घोषणा गरिएको हो । सो घोषणा गर्दै पोखरा महानगरमा उपप्रमुख मञ्जु गुरुङले पोखरालाई शैक्षिक हबका रुपमा विकास गर्दै गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले शिक्षक, विद्यालय व्यस्थापन समिति र महानगरको त्रिकोणात्मक समन्वयमा अभियानलाई सार्थक बनाउन सकिने धारणा राख्नुभयो । महानगरले सन् २०१९ सम्म बालमैत्री वडा बनाउने योजना अगाडि बढाएको छ । 

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाउन उनीहरुको अभिभावकको आर्थिक अवस्था सुधार्न आर्यआर्जनमा सहयोग गर्ने र विद्यार्थीलाई खाजाको व्यवस्थाका लागि रु ११ लाख विनियोजन गरी दैनिक रु १५ का दरले खाजाको व्यवस्था गरिने बताउनुभयो । 

A Levels MA
Thuprai - Books and E-books