A Levels MA

प्रारम्भमै ‘इ – बुक’का रुपमा नेपालयको पहिलो पुस्तक, सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’

४ असार, २०७७ काठमाण्डौ । व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोरोना महामारीले प्रभावित पारेको छ । यति हुँदाहुँदै पनि यही अप्ठ्यारो र अनेक संकटसँगै नेपाली प्रकाशन उद्योगलाई यो समयले ई-कमर्सको नयाँ क्षितिज निहार्ने र ई-प्लेटफर्ममा अवतरण हुने अवसर पनि प्रदान गरेको छ ।

नियमित परम्परागत छापा संस्करणका साथसाथै विभिन्न अतिरिक्त माध्यमहरूबाट समेत आफ्ना प्रकाशनलाई पाठकसामु ल्याउँने प्रयासमा पब्लिकेशन नेपालयले काम गर्दै आएको छ । फलस्वरूप, नेपालयबाट प्रकाशित सबै किताबहरू हाल अमेजन, बार्न्स एंड नोबल लगायतका माध्यमहरु मार्फत् संसारभर उपलब्ध छन् । साथै, अँग्रेजी भाषाका पुस्तकहरु 'ई-बुक'का रुपमा किन्डलमा पनि उपलब्ध छन् । अन्तरास्ट्रिय ‘ई-बुक’ का माध्यमहरुमा बिध्यमान, नेपाली भाषाको स्वीकार्यतामा समस्याका कारण नेपाली कृतिहरू ई-किताबका रुपमा व्यापक हुन सकिरहेका थिएनन् । साथै नेपाल भित्र खरिद गर्दाको भुक्तानी समस्या यथावत नै छ ।

‘विगतमा हामीले, यहीं विकास गरिएका विभिन्न ई-बुकका प्लेटफर्मलाई प्रयोग गर्ने प्रयत्न नगरेका होइनौं. तर, ती सबै माध्यममा केही न केही प्रविधिक कमजोरीहरू रहे र दुर्भाग्यबस प्राय प्लेटफर्महरु निरन्तरत रहन सकेनन' नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन् । ‘माहामारी बीच आइपरेको लकडाउनको दौरान, इन्टरनेट मार्फत पुस्तकको अर्डर लिएर घर दैलोमा पुर्याउने सेवा दिंदै आएको बिक्रेता मध्धेको 'थुप्रै' ले 'ई-बुक'को नयाँ अवधारणासहितको समाधान लिएर आयो र हामी यससँग सन्तुष्ट भयौं । तत्कालै, हाम्रा सबै प्रकाशनहरू ‘थुप्रै’को ‘प्लेटफर्म’मा अपलोड गरेका थियौँ । यो बन्दाबन्दी बीचको करिब एक महिनामै, हाम्रा प्रकाशनका हजार भन्दा बढी प्रति पुस्तकको ई-बुक प्रती पाठकहरूले किनेका छन् । यो निकै उत्साहजनक नतिजा हो,’  किरणले प्रष्ट्याए ।

यही सम्भावनालाई विस्तार गर्दै नेपालयले आफ्नो आउँदो नयाँ प्रकाशनलाई यही माध्यमबाट प्रारम्भमै 'ई-बुक’ मार्फत् सार्वजनिक गर्ने योजना बनाएको छ । र, यो योजना, आर्थिक टिप्पणकार सुजीव शाक्यद्वारा लिखित 'अर्थात् परिवर्तन' रहेको छ । यो किताब 'ई-बुक'मार्फत् सार्वजनिक हुने नेपालयको पहिलो प्रकाशन हुने छ ।

सुजीब शाक्यको अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालय बाटै प्रकाशित छ, भने अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द बज्र’ पेंगविन प्रकाशन बाट प्रकाशित छ ।     

‘मेरो नयाँ पुस्तक 'ई-बुक' मार्फत् नेपाली पुस्तक बजारमा आउन लागेको कुराले म उत्साहित छु,’ लेखक सुजीव शाक्य भन्छन् । 'मेरो पुस्तकको शीर्षकमै परिवर्तन अंकित छ, पुस्तक बजार पनि परिवर्तनतर्फ अग्रसर छ । पुस्तक बजारका निम्ति यो एउटा नयाँ आरम्भ हो । 'ई-बुक' को बिस्तार मार्फत् नेपाली पुस्तक बजारले नयाँ आयाम भेट्ने छ भन्ने कुरामा म आशावादी छु’ सुजीवले थपे ।

संयोगबस, नेपाली अर्थतन्त्रको सकारात्मक सम्भावनाको सेरोफेरोमा लेखिएको यो पुस्तक, नयाँ नेपाली आर्थिक वर्षको प्रारम्भ संगै सार्वजनिक हुने भएको छ ।

'यस क्रममा एउटा थप प्रयोग पनि गर्दैछौं’ नेपालयका किरणले भने । ‘पुस्तक विमोचन हुनु भन्दा पहिले हामी यस पुस्तकको केही अध्यायलाई एकल अध्यायको रुपमा सार्वजनिक गर्ने छौं,' 'यो सम्भावनालाइ हामीले संगीतमा प्रयोग हुँदै आएको नमूनाबाट टिपेका हौँ । संगीत क्षेत्रमा एल्बम सार्वजनिक हुनुभन्दा पहिले कुनै एउटा गीतको एकल गीत वा सिंगल ट्रयाकमात्र सार्वजनिक गरिएको हामीले देख्दै आएका छौं । त्यस्तै अनुरुप, हामी पुस्तक सार्वजनिक गर्नुभन्दा पहिले किताबका ४ वटा अध्यायलाई छुट्टाछुट्टै सार्वजनिक गर्ने छौं ।' किरणले थप प्रष्ट्याए ।

एकल अध्यायलाई साप्ताहिक रुपमा सार्वजनिक गरिने छ जसको शुरुवात बिहिबार, असार ४, २०७७ (१८ जून, २०२०) बाट हुनेछ ।

'थुप्रै' को एपमार्फत् पुस्तकको एकल अध्याय पन्ध्र रुपैंयामा पढ्न सकिन्छ भने पूरै पुस्तक सार्वजनिक भएपछि २५० रुपैयाँमा उपलब्ध हुनेछ । एकल अध्याय किनेर पढ्नेले पूरै पुस्तक किन्दा पहिलेको रकम छुटको रुपमा कट्टी गरिने व्यवस्था एपले गरेको छ ।

'ई-बुकको यो प्रयोग सम्पूर्ण नेपाली पुस्तक बजारका निम्ति अगुवा प्रक्षेपण हुनसक्छ’ लेखक सुजीव शाक्यले भने । ‘अर्थशास्त्रको विद्यार्थिको दृष्टिबाट हेर्दा, सम्पूर्ण नेपाली पुस्तक उद्योगका निम्ति म यसलाई एउटा अवसरका रुपमा देख्छु ।'

यो एकल अध्याय खरिद गर्ने पाठकले पुस्तकका अध्यायहरु पढ्दा संगसंगै लेखकले आफै बाचन गरेको ‘अडियो’ पनि सुन्न सकिने गरि प्राबिधिक तयारी गरिएको छ । ‘एपमा भएको यो अडियोले हाम्रो आगामी कामको झलक दिने छ,  हामी अब हाम्रा सबै नेपाली पुस्तकहरुलाई संस्थागत रुपमा ‘अडियो बुक’ को संस्करणमा ल्याउने प्रयासमा छौं’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रकाश परे ।

असार ४ गते (१८ जून) बिहिबार देखि साप्ताहिक रुपमा एकल अध्याय सार्वजनिक हुने पुस्तकअर्थात् परिवर्तन असार ३० गते (१४ जुलाई) पूर्ण रुपमा ‘ई-बुक’ मार्फत् सार्वजनिक हुनेछ ।

सार्वजनिक एकल अध्यायलाइ थुप्रै को एप मा वा यो लिंक मार्फत भेट्न सकिन्छ : 

Thuprai - Books and E-books