After SEE Portal

कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिम

Bridge Course

महेन्द्रनगर, १ साउन (रासस): नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित  इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो । 

    तीनवटै विद्यालयमा माध्यमिक तहका १८÷१८ छात्र÷छात्रा छनोट गरी तालिम दिन थालिएको छ । नेपाली सेनाले मुलुकभर चालु आर्थिक वर्षमा सात हजार सात सय  विद्यार्थीलाई एकसाथ उक्त तालिम प्रदान गर्न लागेको सेनाले जनाएको छ । श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न दशकौंँदेखि सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

    “युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने  उद्देश्यले तालिम दिन थालेका हौँ”, उहाँले भन्नुभयो–“राष्ट्रिय सेवा दलको आफ्नै इतिहास र महत्व छ ।” 

    तालिमको उद्घाटन गुल्मपति सेनानी श्रेष्ठ र सहायक गुल्मपति सह–सेनानी मनोज जिसीले गर्नुभएको थियो । तीन महिनासम्म सञ्चालन हुने जुनियर तालिमपश्चात् प्रशिक्षार्थीलाई बाँकेको कोहलपुरस्थित कौशिलानगरमा थप २१ दिन तालिम प्रदान गरिनेछ । कञ्चनपुरमा सिनियरतर्फ यहाँका दुई विद्यालयमा आगामी भदौ पहिलो सातादेखि तालिम सञ्चालन हुने सेनाले जनाएको छ । 

A Levels MA