After SEE Portal

त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाललाई नियुक्त

Bridge Course

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरिएको छ । 

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले रेक्टरमा केसी र रजिष्ट्रारमा प्राडा रिजाललाई नियुक्त गरेका हुन्।प्रधानमन्त्री पुष्पकमल दाहालले रेक्टर र जजिष्ट्रार  नियुक्त गरेको उनको सचिवालयले जानकारी दियो ।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्राडा केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए।

त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ।

A Levels MA
Thuprai - Books and E-books