CMAT

ललितपुरमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्न १५ गते भित्र आवेदन दिनुपर्ने

ललितपुर महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ ।

छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिको  असार ३० गतेको निर्णय अनुसार संस्थागत विद्यालयहरूले प्रदान गर्नुपर्ने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको लागि  आवेदन माग गरेको हो ।

महानगरपालिका क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गर्नरगराउन चाहाने विद्यार्थीरअभिभावकले तोकिएको ढाँचामा साउन १ देखि १५ गते सम्म शिक्षा महाशाखामा आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Thuprai - Books and E-books