Managed Admission 2022

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा आवासीय सुविधासहित अध्ययनका लागि आवेदन माग

Bachelors Portal

विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका लागि आवेदन माग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रमका लागि आवेदन माग गरिएको हो । आवेदन आगामी चैत २७ गतेसम्म आवेदन बुझाउने र २८ गते बिहान ११ बजे लिखित परीक्षा सञ्चालन गर्ने  सूचनामा उल्लेख गरिएको छ ।

कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गर्ने गरी आवेदन माग गरिएको छ ।

I Tech store
Thuprai - Books and E-books