After SEE Portal

त्रिविको ४७ औं दीक्षान्त समारोहका लागि आवेदन माग

Bridge Course

त्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोह (२०७८) का लागि अनलाइन आवेदन खुला गरेको छ । त्रिविले २०७७ साल असार एक गतेदेखि २०७८ साल जेष्ठ ३१ गते सम्म आवेदन फारम फारम भर्ने सूचित गरेको छ ।

त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएच्डी) तह पूरा गरेका विदाले सो समारोहमा भाग लिन पाउने भएक छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा आज देखि असोज २० गते सम्म आवेदन दिइ सक्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । विद्यार्थीले दीक्षान्त समारोहमा १ जना सम्म अभिभावक सरिक गराउन सकिने सूचनामा उल्लेख गरिएको छ । 

विद्यार्थीले दीक्षान्त तथा प्रमाणपत्र शुल्क रु. २,२०० र गाउन तथा स्कार्फको धरौटी १,५०० गरी जम्मा ३७०० रुपियाँ तिनु पर्ने छ । त्यसैगरी स्नातकोत्तर तथा एमफिल दीक्षान्त तथा प्रमाणपत्रको २,७०० रुपियाँ, गाउन तथा स्कार्फको १,५००गरी जम्मा ४२०० रुपियाँ र  विद्यावारिधि (पिएच्डी) का विद्यार्थीले दीक्षान्त तथा प्रमाणपत्र शुल्क ३२०० र गाउन तथा स्कार्फको धरौटी १,५०० रुपियाँ शुल्क लाग्ने सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books