After SEE Portal

आन्दोलन स्थगित गरी वार्तामा आउन मन्त्रालयको महासंघलाई अपिल

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई भोलि दिउसो दिनको ३ बजे वार्ताका लागि बोलाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा हुने वार्तामा सहभागी हुन महासंघलाई मन्त्रालयले आव्हान गरेको हो ।

महासंघले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउने आग्रह गरेको छ । मन्त्रालयले केही समय अगाडि विज्ञप्ति जारी गर्दै ‘नेपाल शिक्षक महासंघले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ।’ भनेको छ । ‘नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको र विधेयकलाई अन्तिम रुप दिनु अघि महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथासक्य विधेयकमा समावेश गरिएको छ ।’

महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न नेपाल सरकार तयार रहेको विज्ञप्तिमा भनिएको छ।

 

A Levels MA