After SEE Portal

स्ववियु निर्वाचनका लागि आवश्यक सहयोग गर्न सरोकारवालालाई अपिल

Bridge Course

त्रिभुवन विश्वविद्यालयमा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पस-कलेजहरूमा भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सरोकारवालालाई सहयोग गर्न त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले अपिल गरेको छ ।

अभिभावक, पत्रकार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, गृह प्रशासन तथा सुरक्षाकर्मी लगायत सम्पूर्णलाई स्ववियु निर्वाचन सम्पन्न नहुन्जेल सम्म आवश्यक सहयोगका लागि समेत समितिले अपिल गरेको हो ।

समितिले अहिलेसम्म दुई ओटा आङ्गिक क्याम्पसहरू र सयौं सम्बन्धन प्राप्त कलेज–क्याम्पसहरूमा निर्विरोध रुपमा स्ववियु गठन भइसकेको जनाएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै बाँकी रहेका अधिकांश क्याम्पसरकलेजहरूमा चैत्र ५ गते विहान ८ वजेदेखि दिनको ४ वजेसम्म स्ववियु कार्य समितिका पदाधिकारी र सदस्यहरू छनौट गर्नको लागि मतदान गर्ने व्यवस्था भएकोले यस अवस्थामा सरोकारवाला विद्यार्थी, कर्मचारी, प्राध्यापकहरू सबै जिम्मेवार र जवाफदेही भएर आचार संहिता पालना गर्न निर्देशन दिएको छ ।

विद्यार्थीहरूको साझा संस्था स्ववियुले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको हक, हितको संरक्षण र सम्बर्धन गर्न अनुसन्धानमूलक बौद्धिक, प्राज्ञिक र चारित्रिक विकासका कार्यक्रम बनाई कार्यान्वयन गर्ने, विद्यार्थीहरूमा शैक्षिक तथा सामाजिक मूल्य र मान्यताहरू स्थापित गर्न शिक्षक, कर्मचारी र विद्यार्थीहरूको बीचमा अनुशासन कायम राख्दै पठन पाठनका लागि उपयुक्त वातावरण तयार गर्ने र अतिरिक्त क्रियाकलाप तथा खेलकुदको माध्यमबाट विद्यार्थीहरूको चौतर्फी विकास गर्ने समेत कार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books