After SEE Portal

विद्यालय कर्मचरीको स्वतन्त्रता हनन नगर्न अपिल

Bridge Course

विद्यालय कर्मचारीलाई जबरजस्ती दल वा दल सम्बद्ध संघसंगठनमा आवद्ध नगर्न नेपाल विद्यालय कर्मचारी परिषद्ले आग्रह गरेको छ ।

परिषद्ले विज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वतन्त्रता माथि अन्कुशी लगाउने कार्यहरूलाई बन्द गरी दिनका लागि जानकारी सहित अनुरोध गरेको हो ।

परिषद्को विज्ञप्तिमा  भनिएको छ, ‘विभिन्न समयमा पटक पटक जानकारी गराउँदा पनि अझै धेरै विद्यालयका कर्मचारी साथीहरूबाट शिक्षकका संगठनहरूले आफ्नो राजनीति आस्थाको साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको करकापबाट सदस्यता लिन बाध्य पारिएको विषयमा हाम्रो संस्थामा जानकारी प्राप्त भएको हुँदा व्यक्तिगत स्वतन्त्रता माथि अन्कुश लगाउने कार्यहरूलाई बन्द गरी दिनका लागि जानकारी सहित अनुरोध गरिन्छ । यदि कुनै कर्मचारीहरूबाट हामीलाई लिखित निवेदन पर्न गएको खण्डमा संस्थाको विधान बमोजिम अगाडि बढ्ने व्यहोरा जानकारी गराइन्छ ।’

A Levels MA