CMAT

स्नातकमा जुनसुकै विषय पढेकाले पनि स्नातकोत्तरमा अङ्ग्रेजी पढ्न पाउने

Bachelors Portal

त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभाग विभागीयले सवै स्नातक तह उत्तीर्ण विद्यार्थीले स्नातकोत्तरमा अङग्रेजी विषय पढ्न पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो । 

त्रिविले स्नातकमा ऐच्छिक अङ्ग्रेजी पढेकाले मात्र स्नातकोत्तरमा पढ्न पाउने पूर्व मान्यतालाई परिवर्तन गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।

 विश्वविद्यालयको अङ्ग्रेजी विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको निर्णयअनुसार अंग्रेजी विषय स्नातकोत्तर तहको प्रवेश योग्यता सम्बन्धी नयाँ व्यवस्था  लागु गरेको छ ।

त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अङ्ग्रेजी सहित कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समक्षकता प्राप्त गरेका विद्यार्थी स्नातकोत्तर पढ्न पाउने निर्णय गरेको हो ।

अङ्ग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समक्षकता प्राप्त गरेकनाले अध्ययन गर्न पाउने

अङ्ग्रेजी विभागका प्रमुख प्राडा जीवलाल सापकोटाले जानकारी दिए ।

Thuprai - Books and E-books
I Tech store