After SEE Portal

एसईईका विद्यार्थीलाई जीपीए र कलेज छान्ने चिन्ता

Bridge Course

महामारीसंग कसैको केही लाग्दैन शैक्षिक संस्थालाई केही समय सरकारले नचलाइदिए हुन्थ्यो-अभिभावक, केन्द्रले अहिलेसम्म कक्षा ११ का  ८० विषयको पाठ्यक्रम निर्माण गरिसकेको छ भने ३५ विषयको पाठ्यक्रमको अन्तिम सम्पादन गरिरहेको छ- निर्देशक।

माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि ब्रिज कोर्ष सिकेर कक्षा ११ मा भर्ना हुने सपना बोकेका भक्तपुर सूर्यविनायक नगरपालिका २ स्थित मेरिगोल्ड इङ्लिस बोडिङ स्कुलका सुप्रिया खनालको समय अहिले त्यतिकै खेर गएको छ ।

एसईईपछि ब्रिज कोर्ष सिकेर राम्रो कलेज छानी कक्षा ११ मा भर्ना हुने सपना बुनेर एसईईको तयारी गरिरहेकी उनले कोरोना सङ्क्रमणका कारण नत एसईई नै दिन पाइन् नत ब्रिज कोर्ष नै सिक्न पाइन् । उनलाई अहिले आफूले लेखेर ल्याएको जस्तो जीपीए नआउलाकी भन्ने एकातिर चिन्ता छ भने अर्कोतर्फ अबको पढाइको विषयगत समूह छान्न र कलेज छान्ने पनि चिन्ता परेको छ । ‘एसईईमा सरले जीपीए कति दिनुहुन्छ ? आफूले लेखेर ल्याएको जस्तो के हुन्थ्यो होला र ?’ उनी भन्छिन्, ‘पोहोर साल दिदी कक्षा ११ मा भर्ना हुँदा बाबाले कम्तीमा पनि एक दर्जन कलेजको बारेमा बुझ्नु भो मेरो त कलेज छान्न र अब पढ्ने विषय छान्न पनि राम्ररी नपाउने भए ।’

एसईईपछि विभिन्न विषयगत दक्षता हासिल गरी विदेश जाने सपना बुनेकी उनका सारा सपना महामारीले खाइदिएको उनको गुनासो छ ।

उनको जस्तै गुनासो छ अर्का एसईईको पर्खाइमा बसेका तेह्रथुमका अभिशेष लिम्बुको । उनलाई अहिले आफूलाई कोरोना ब्याचको एसईई दिने विद्यार्थी भनेर इतिहासमा लेखिने हो कि भन्ने चिन्ता लागेको छ । त्यसैगरी कलेज छान्न पनि धौधौ परेको छ । ‘बाबा ब्रिटिश आर्मी हुनुहुन्छ जतिखेरै विदेशको मात्र कुरा गर्नुहुन्छ ।’ उनी भन्छन्, ‘मेरो सपना कक्षा ११-१२ मा होटल मेनेजमेन्ट पढेर लण्डन जाने थियो, खै अब के पढ्ने ? के गर्ने ? कुन कलेज छान्ने समस्या भइरहेको छ ।’ आफू र आफ्नो ब्याचलाई कोरोना कालको विद्यार्थी भनेर पछिसम्म भनिने भयो भन्ने चिन्ता लागेको उनले बताए ।

‘सबै शिक्षकले पढाएन भनेर गाली गर्छन् तर कसैले शिक्षकले पढाउने शैली कस्तो भनेर हेर्दैनन् ।’ उनी भन्छिन्, ‘म विदेश जान्न, आफ्नै देशमा बसेर एक अनुकरणीय शिक्षक बनेर देखाउँछु, नवीन शिक्षण अभ्यासको खोजी गर्छु ।’

काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयका छात्रा सिर्जनालाई भने आफ्नो विद्यालयले गर्ने मूल्यांकनमा विश्वास छ । उनलाई विदेश जानु छैन । उनको सपना भनेको चार जीपीए आए पनि शिक्षा समूह पढेर भोलि एक असल शिक्षक बन्ने रहर छ । ‘सबै शिक्षकले पढाएन भनेर गाली गर्छन् तर कसैले शिक्षकले पढाउने शैली कस्तो भनेर हेर्दैनन् ।’ उनी भन्छिन्, ‘म विदेश जान्न, आफ्नै देशमा बसेर एक अनुकरणीय शिक्षक बनेर देखाउँछु, नवीन शिक्षण अभ्यासको खोजी गर्छु ।’

सुप्रिया, क्षितिज र सिर्जनाका जस्तै रंगीन सपना बुनेका एसईईका ४ लाख ८२ हजार २१९ विद्यार्थीलाई अहिले कक्षा ११ मा प्रवेश गर्ने कलेज र विषय छनोट गर्ने चटारो छ । स्वास्थ्यका दृष्टिले समय प्रतिकूल भए पनि कलेजहरुले धमाधम कक्षा ११ को भर्नाका लागि प्रि रजिस्ट्रेसन खुला गरेका छन् । यसले गर्दा विद्यार्थीलाई कलेज र विषयगत समूह छान्ने समस्या परेको हो ।

अभिभावक भने आफ्ना छोराछोरीले कलेजको प्रि रजिस्ट्रेसनको कुरा गर्दा तनावमा परेका छन् । एकातिर कोरोनाको महामारी दिनप्रति दिन बढिरहेको छ भने अर्कोतिर छोराछोरीले रजिस्ट्रेसन फर्म भर्न कर गरेको देख्दा चिन्ता लाग्ने गरेको अभिशेषका बाबु गोविन्द लिम्बुले बताए । ‘बरु माथिल्लो कक्षा पढ्न एक वर्ष ढिला भएर केही हुँदैन तर छोराछोरीको स्वास्थ्यमा समस्या हुनु हुँदैन ।’ उनले भने, ‘महामारीसंग कसैको केही लाग्दैन शैक्षिक संस्थालाई केही समय सरकारले नचलाइदिए हुन्थ्यो ।’

एसईईको नतिजा साउन दोस्रो हप्ता

चैत्र ६ गते देखि एसईई परीक्षा निर्धारण गरिएको भए पनि कोरोनाको सङ्क्रमणका कारण सरकारले परीक्षा सञ्चालन हुनुभन्दा केही घण्टा अगाडि एसईई स्थगित गर्यो । लामो समयको अन्योलपछि सरकारले एसईई परीक्षाको विद्यार्थी मूल्यांकन विद्यालयले नै गर्ने गरी ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ लागु गर्यो । सोही कार्यविधि अनुसार राष्ट्रिय परीक्षा बोडले एसईईको नतिजा साउनको दोस्रो हप्तासम्म गर्ने गरी तयारी गरिरहेको छ ।

कार्यविधि अनुसार विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा असार २० गते विद्यार्थीको प्राप्ताङ्क तालिका पठाउने र असार ३० गते भित्र इकाइले विद्यार्थीको प्राप्ताङ्क तालिका प्रमाणीकरण गरी बोडमा पठाउने व्यवस्था छ ।

कार्यविधि अनुसार विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा असार २० गते विद्यार्थीको प्राप्ताङ्क तालिका पठाउने र असार ३० गते भित्र इकाइले विद्यार्थीको प्राप्ताङ्क तालिका प्रमाणीकरण गरी बोडमा पठाउने व्यवस्था छ । सबै विद्यालयले निर्धारित समयमा नै विद्यार्थीको प्रगति विवरण इकाइमा पठाए साउनको दोस्रो हप्तादेखि सबै विद्यार्थीले एसईईको मार्क लेजर पाउने राष्ट्रिय परीक्षा बोडले जानकारी दियो ।

कक्षा ११ को नयाँ पाठ्यक्रम एक हप्ता भित्र सार्वजनिक हुने

पाठ्यक्रम विकास केन्द्रले यो शैक्षिक सत्रबाट लागु हुने कक्षा ११ को सबै विषयको पाठ्यक्रम एक हप्ताभित्र सार्वजनिक गर्ने भएको छ ।

केन्द्रले अहिलेसम्म ८० विषयको पाठ्यक्रम निर्माण गरिसकेको छ भने ३५ विषयको पाठ्यक्रमको अन्तिम सम्पादन गरिरहेको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

केन्द्रले एकल पथीय प्रणाली अनुसार नयाँ पाठ्यक्रम तयार गरिरहेको छ । यस संगै विद्यार्थीले विषयगत संकाय नभइ विषयगत समूहमा पढ्नु पर्ने भएको छ ।

यो वर्ष कोरोनाको महामारीका कारण एसईईको पुरक परीक्षा सञ्चालन हुन नसक्ने भएपछि यो वर्ष भर्नाको नयाँ आधार केन्द्रले बनाउने निर्देशक भट्टराइले बताए ।

नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ मा तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक विषय विद्यार्थीले पढ्नुपर्ने भएको छ । वार्षिक क्रेडिट आवर कम भएका विषयमा विद्यार्थीले थप एक विषय पढ्न अवसर समेत पाउने भएका छन् ।

A Levels MA
Thuprai - Books and E-books