After SEE Portal

त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा

Bridge Course

जाजरकोट, रुकु अधिकांश स्थानीय तहले आन्तरिक मूल्याङ्कनबाट विद्यालय तहको  वार्षिक नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेका छन् । कोभिड १९को संक्रमणका कारण स्थानीय सामुदायिक तथा निजी विद्यालय भौतिक रुपमा सञ्चालन गर्न नसकिए पछि त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा नतिया सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका हुन् ।

नयाँ शैक्षिक सत्र शुरु हुने समय भइसकेको हुँदा स्थानीय तहको निर्देशनमा विद्यालयले वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम अवस्थामा पुर्याइको िजाजरकोटका स्थानीय तहले जनकारी दिए ।

अधिकांश विद्यालयले कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन सञ्चालन भएको थियो । जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ्क्रम पठनपाठन गराइसकेको अधिकांश जानकारी दिएका थिए ।

नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।

उनका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ । जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले जानकारी दिए  । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झण्डै ८५ देखि ९० प्रतिशत पढाइ पूरा भएको छ ।

“अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन”, उहाँले भन्नुभयो, “कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरुआत गर्ने तयारी भइरहेको छ ।” कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागेको बताए ।

त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आन्तरिक मूल्याङ्कनको कार्यविधि तयार पारेको छ । शुक्रबारको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधिअनुसार विद्यालयहरूलाई मूल्याङ्कन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।

बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए । आठबीसकोट नगरपालिकामा पनि आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्न लागिएका नगरप्रमुख गोरखबहादुर केसीले बताए । रुकुम पश्चिमा छ वटा स्थानीय तहले आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा प्रकाशित गर्ने तयारी थालेका छन् ।

A Levels MA