त्रिविद्वारा वार्षिक प्रणालीको स्नातक तहको वार्षिक कार्यक्रम सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातक तह विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । शैक्षिक वर्ष २०७७–०७८का लागि स्नातकका सबै संकाय र संस्थानमा विद्यार्थी भर्नाको कार्यक्रम सार्वजनिक गरेको हो ।

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय अन्तर्गतका वार्षिक प्रणाली सञ्चालन भएका क्याम्पसहरुमा प्रथम वर्षका लागि विद्यार्थी भर्ना गरिने त्रिवि शिक्षाध्यक्षको कार्यालयले आज एक सूचना जारी गरी जानकारी दियो ।

सूचनाअनुसार त्रिविले माघ १२ गतेदेखि आवेदन फाराम वितरण, आवेदन फारम बुझाउने तथा भर्ना हुने अन्तिम मिति

फागुन १२ गतेसम्म, कक्षा सञ्चालन फागुन २५ गतेदेखि, परीक्षा फाराम भर्ने–भराउने २०७८ भाद्र मसान्तसम्म गर्ने भएको छ ।

त्यसैगरी त्रिविले सो तहको कक्षा कार्तिक मसान्तभित्र सकी आगामी पुसमा परीक्षा सञ्चालन र त्यसको चार महिनाभित्र नतिजा प्रकासन गर्ने शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुरले जानकारी दियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal