After SEE Portal

​​विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी २०७६ सम्पन्न

Bridge Course

विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सामग्री, विज्ञान तथा प्रविधि अन्तर्गतका विविध उपकरण, विद्या संस्कार स्काउट ट्रुपद्वारा मनोरञ्जनात्मक तथा साहासिक खेलको प्रदर्शन गरिनुका साथै विद्यालयका विद्यार्थीहरुद्वारा मञ्चमा गायन, सङ्गीत तथा नृत्यको प्रदर्शन गरेका थिए। 

गोकर्णेश्वर-8, अत्तरखेल स्थित विद्यालय प्राङ्गणमा भएको उक्त प्रदर्शनीको विद्यालयका संस्थापक निर्देशक तथा प्रधानाध्यापक डा सुधीर कुमार झा, प्रबन्ध निर्देशक श्रीमती प्रमिता विष्ट  तथा निर्देशक समितिका सदस्यहरू श्री राजेश अधिकारी र श्री सुरेश अधिकरीले संयुक्तरूपमा  समुद्घाटन गर्नु भएको थियो।

प्रदर्शनीमा विद्यालयका अभिभावक, विद्यार्थी, भूतपूर्व विद्यार्थी लगायत अन्य शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त अवसरमा उपस्थित अभिभावकहरुले विद्यालयले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीहरूको शिकाई उपलब्धिमा उल्लेखनीय भूमीका खेल्ने प्रतिक्रिया दिए।   

A Levels MA