After SEE Portal

उपकुलपतिका छनोटका लागि फागुन ६ गते अन्तर्वार्ता लिइने

Bridge Course

त्रिभुवन विश्वविद्यालयका उपकुलपति पदका लागि सर्टलिष्टमा परेका उम्मेदवारको अन्तर्वार्ता फागुन ६ गते लिइने भएको छ ।

सोचपत्र तथा प्रस्तुतीकरणमा सहभागी भएकालाई फागुन ६ गते बिहान ८ः३० बजेदेखि सुरू हुने छनोट समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ । अन्तर्वार्ता सकिएपछि समितिले समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विश्वस्त सूत्रअनुसार अन्तर्वार्ता लिइएकै दिनमा कुलपतिसमक्ष तीन जनाको नाम सिफारिस गरिनेछ । सम्भवतः कुलपतिले पनि सोही दिन उपकुलपतिका बारेमा निर्णय गर्नेछन् । त्रिविमा प्रधानमन्त्री कुलपति रहने कानुनी व्यवस्था छ ।

A Levels MA
Thuprai - Books and E-books