After SEE Portal

पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छ

Bridge Course

कक्षा १२ को पाठ्यक्रममा प्रयोगात्मक विषयमा बाह्य मूल्याङ्कनको व्यवस्था नभए पनि सीमित विषयमा त्यसैगरी मूल्याङ्कन गरिँदै आएको छ ।

कक्षा १२ मा ११९ वटा विषयमा २५ अङ्क आन्तरिक मूल्याङ्कनका नाममा प्रयोगात्मक परीक्षाको प्रावधान छ । तर पाँच वटा विषयको प्रयोगात्मक परीक्षाका लागि बाह्य मूल्याङ्कनकर्ता (एक्टर्नल) पठाउने अभ्यास अहिले पनि छ । विद्यार्थी तथा शिक्षकले यो व्यवस्था नियमविपरीत रहेकोले खारेजीको माग गरेका छन् ।

अन्तरिक मूल्याङ्कनको २५ अङ्कमध्ये १६ अङ्क प्रयोगात्मक गराइन्छ भने बाँकी छ अङ्क त्रैमासिक परीक्षाको र तीन अङ्क हाजिरी, कक्षा सक्रियता आदिको जोड्ने प्रावधान छ । 

राष्ट्रिय परीक्षा बोर्डले भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, कम्प्युटर र होटेल व्यवस्थापन विषयमा भने एक्टर्नल पठाएर मूल्याङ्कन गराउँदै आएको छ । त्यसका लागि विद्यार्थीले अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।

पाठ्यक्रम विकास केन्द्रमा सेवाग्राहीले गर्ने गरेका फोनमध्ये यस विषयसँग पनि सम्बन्धित हुने गरेका छन् । विद्यार्थीले पाठ्यक्रममा नभएको व्यवस्था भएकाले यो रोक्न गुनासो गर्ने गरेका छन् । 

यस सम्बन्धमा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासँग सम्पर्क गर्दा उनले पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।

“साइन्सका तीन र कम्प्युटर तथा होटेल म्यानेजमेन्ट विषयमा एक्टर्नलको व्यवस्था गरिएको हो । कम्प्युटर चलाउन जाने वा जानेनन्, होटेलसम्बन्धी कार्य जाने वा जानेनन् भन्न एक्टर्नलबाट परीक्षण हुनुपर्छ । साइन्सका विद्यार्थीले प्राक्टिकल गर्न जाने वा जानेनन् भन्ने पनि परीक्षण हुनुपर्छ” उनले भने, “यो निर्णय बोर्ड एक्लैले गरेको होइन । सीडीसीका पदाधिकारीहरु पनि सहभागी भएको बैठकले गरेको निर्णय हो । यो आवश्यक होइन भन्ने लागेमा शिक्षा मन्त्रालयले पत्र दिए हामी रोकिदिन्छौँ ।”

 

A Levels MA
Thuprai - Books and E-books