After SEE Portal

त्रिवि सेवा आयोग सदस्यको छनोटका लागि तय कार्यविधि जारी भएको भोलिपल्ट नै संशोधन (कार्यविधि सहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यको उम्मेदवार छनोट गर्न तयार गरिएको कार्यविधि सार्वजनिक नहुँदै संशोधन भएर सार्वजनिक भएको छ । चैत्र १६ गते जारी भएको कार्यविधि १७ गते पहिलो संशोधन गर्दै आज सार्वजनिक भएको छ ।

संशोधित कार्यविधिले सेवा आयोगको सदस्य हुन ६५ वर्ष ननाघेको प्राध्यापक हुनु पर्ने व्यवस्था गरेको छ ।  त्यसैगरी त्यसेगरी कार्यविधिले सेवा आयोगको सदस्य हुन विश्वविद्यालयसंग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने प्रावधान तय गरेको छ ।

सेवा आयोगको दरखास्त मागस.गे जारी गरिएको कार्यविधिमा  विद्यावारिधि उपाधि हासिल गरी प्राध्यापकको कार्यअनुभव भएको व्यक्ति उम्मेदवार बन्न पाउने भएको छ ।

छनोट समिति तथा सिफारिस समितिले सदस्य हुनको लागि विद्यावारिधि उपाधि प्राप्त गरेको,  कम्तीमा १० वर्ष शिक्षण गरेको, लगायतका  मापदण्ड बनाइएको छ । त्यस्तै कम्तीमा दुई वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको, बौद्धिक चोरीमा स.लग्नता नदेखिएको हुनु पर्ने मापदण्ड तय गरेको छ  । 

कुल सय पूर्णाङ्कमा कायम गरिएको अङ्क विभाजनमा १० अङ्क शिक्षण अनुभवलाई, व्यवस्थापकीय कार्यका लागि १०, अनुसन्धानका लागि  ३० अङ्क प्रदान गर्ने भएको छ । त्यसेगरी अन्तर्राष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुति वापत ५, विश्वविद्यालय सेवा आयोग सम्बन्धी सोच पत्र र प्स्तुतीकरणलाई २५ अङ्क प्रदान गर्नेगरी अङ्क विभाजन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोग सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८०

त्रिभुवन विश्वविद्यालय सेवा आयोग सदस्य सिफारिससम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८०

A Levels MA
Thuprai - Books and E-books