After SEE Portal

वैकल्पिक सिकाइबारे प्रदेशगत समीक्षा गरिँदै

Bridge Course

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ र अवस्थाबारे प्रतिवेदन तयार गर्न सात प्रदेशका लागि मन्त्रालयबाट एक एक जना सहसचिवस्तरका कर्मचारीलाई जिम्मेवारी तोकेका छन् । 

वैकल्पिक सिकाइ पद्धतिको कार्यान्वयनको प्रभावकारिता, यसका समस्या, आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा मन्त्री पोखरेलले सुझाव लिन थालेको उनका  स्वकीय सचिव पुरन केसीले जानकारी दिए । 

प्रारम्भिक चरणमा विद्यालय पुनः सञ्चालन गर्नुपर्ने र वैकल्पिक सिकाइलाई शैक्षिकसत्रसँग जोड्नुपर्ने विषय लगायतको सुझाव आएको जनाइएको छ । प्राप्त प्रतिवेदनका आधारमा निर्णयका लागि मन्त्रालयले कोरोना रोकथाम केन्द्रीय निर्देशक समिति (सिसिएमसी) मा प्रस्ताव लानेछ ।

कोरोना महामारी र बन्दाबन्दीका कारण शिक्षालय बन्द भएको स्थितिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सिकाइ निरन्तरताका लागि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक प्रणलीबाट सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी सबै प्रदेश र स्थानीय तहमा कार्यान्वयनका लागि आग्रह गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books