CMAT

काठमाडौं महानगरपालिकाको वैकल्पिक रेडियो कक्षा सुरु

काठमाडौं महानगरपालिकाले वैकल्पिक शिक्षण प्रक्रिया आज देखि विधिवत रुपमा सुरु गरेको छ । महानगरले मेट्रो एफ एममार्फत आज विहान ९ बजेदेखि वैकल्पिक शिक्षण सुरु गरेको हो ।

आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन फरक फरक विषयका कक्षाहरु सन्चालन हुने महानगरपालिकाले जानकारी दियो ।

विहान ९ बजे कक्षा १ बाट सुरु भएको रेडियो कक्षा वेलुका ५.३० बजे कक्षा १० को फरह फरक विषयको शिक्षण हुने काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जानकारी दियो ।

रेडियो कक्षा सञ्चालनका लागि कक्षा ७ देखि १० सम्मका लागि विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज केडल र कक्षा १ देखि ६ सम्मका लागि सरस्वती निकेतन माविका प्रधानाध्यापक रविना महर्जनलाई सम्पर्क व्यक्तिका रुपमा चयन गरिएको छ ।

विज्ञ शिक्षकले अहिले नेपाली, सामाजिक, स्वास्थ्य तथा जनसंख्या लगायतका विषयको शिक्षण गर्न थालिएको कक्षा ७–१० को संयोजक कडेलले जानकारी दिए । ‘विज्ञ शिक्षकको छनोट गरी समूहमा छलफल गरी शिक्षण गर्न थालिएको छ’ संयोजक कडेलले बताए ।

Thuprai - Books and E-books