After SEE Portal

त्रिवि पदाधिकारी कार्यकक्षका सबै ताला आजदेखि खोलिए

Bridge Course

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आज खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिविच ६ बुँदे सहमति भएपछि ताला खोलिएको हो । विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले माघ ६ गते र आंशिक प्राध्यापकले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला खुलेको छ ।

नेविसंघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आज ताला खोलेका छन् ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिविच २०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने सहमति भएको छ ।

ताला खुलेपछि करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ । नेविसंघले त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।

 

 

A Levels MA
Thuprai - Books and E-books