After SEE Portal

सबैै विद्यालय सञ्चालन

Bridge Course

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले औपचारिक निर्णयगरी सबै विदालय सातै दिन अनिवार्य खोल्नै पर्ने निर्णय गरेको हो । नगर भित्रका सबै विद्यालयमा शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नै पर्ने निर्ण गरिएको नगर शिक्षा शाखाले जानकारी दियो ।

नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप सञ्चालन हुने भएको छ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ को जेठबाट अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना नगर कार्यपालिकाको बैठकबाट पारित गरिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए ।

गत चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि सञ्चालनमा ल्याएको छ । नगरभित्रका विद्यालयका प्रधानाध्यापकले तयार पारेको प्रस्ताव अनुसार विद्यालय हरेक दिन सञ्चालन गरिने भएको हो । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीले जानकारी दिए ।

यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन शुरु गरेको थियो । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । त्यस्तै जाजरकोटको नलगाड र भेरी नगरपालिकाले समेत विद्यालय सञ्चालनमा ल्याइसकेका छन् ।

A Levels MA