After SEE Portal

एसईईको सम्पूर्ण तयारी सकियो

Bridge Course

माध्यमिक शिक्षा परीक्षा (एसईई) आउन अब तीन दिन मात्र बाँकी छ । एसईईको सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जानकारी दियो ।

एसईई सञ्चालनका लागि उच्च सतर्कताका साथ प्रश्नपत्र  तथा उत्तरपुस्तिका सम्बन्धित जिल्लामा पुगिसकेका छन् । परीक्षा केन्द्रमा आवश्यक कमर्चारीको व्यवस्था गरिसकिएको छ ।  विद्यार्थी, शिक्षक तथा  सारोकारवाला सबैको स्वास्थ्य परीक्षणका लागि सम्बन्धित परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको भएपनि सरकारले वर्तमान अवस्थामा एसईई नरोकिने भन्दै पूर्ण तयारी गरेको हो ।

आउँदो ६ गतेदेखि सुरु हुने एसईईमा ४ लाख ६६ हजार ९७ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको परीक्षा बोर्डका  उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

ग्रेड वृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी परीक्षार्थी बागमतीबाट १ लाख ३ हजार ६ सय ६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४ सय ३६ सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९ सय ९४ केन्द्र कायम गरिएको उपनियन्त्रक शर्माले जानकारी दिए ।

बोर्डका अनुसार प्रदेश १ मा ३७५ परीक्षा केन्द्र छन् । उक्त केन्द्रमा ३८ हजार २९६ जना छात्र र ४१ हजार ५४८ छात्राले एसईई दिँदै छन् । त्यसैगरी प्रदेश नं. २ मा २६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा ३६ हजार ४७ छात्र र ३२ हजार ३१७ छात्राले परीक्षा दिँदै छन् ।

त्यसैगरी प्रदेश तीनबाट ५० हजार ८५४ छात्र र ५० हजार ५६५ छात्रा एसईईमा सहभागी हुँदैछन् । यी परीक्षार्थीका लागि ४४१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । भने प्रदेश ४ मा २२० परीक्षा केन्द्रमा २२ हजार ४८२ छात्र र २३ हजार ३३२ छात्राले परीक्षा दिँदै छन् । त्यस्तै प्रदेश ५ मा जम्मा ३७ हजार ४४५ छात्र र ३९ हजार ६११ छात्राले परीक्षा दिँदै छन् । त्यस्तै प्रदेश ६ बाट १५ हजार ९१८ छात्र र १७ हजार ४३७ छात्राले १७६ परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् भने प्रदेश ७ मा २११ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रबाट २४ हजार १७७ छात्र र २६ हजार ५३७ छात्राले साधारण धारतर्फ एसईई दिँदै छन् ।

त्यसैगरी प्राविधिक धार तर्फ प्रदेश १ बाट १ हजार १०५ छात्र र ६५० छात्रा परीक्षामा सहभागी हुँदैछन् । भने प्रदेश २ बाट १ हजार २९३ छात्र र ४२० छात्रा, प्रदेश ३ बाट ९४७ छात्र र ७११ छात्रा, प्रदेश ४ बाट ५२८ छात्र र ३२१ छात्रा, प्रदेश ५ बाट १ हजार १३७ छात्र र ३०७ छात्रा, प्रदेश ६ बाट ३३५ छात्र र २२७ छात्रा त्यसैगरी प्रदेश ७ बाट ६९९ छात्र र ३५४ छात्रा एसईईमा सहभागी हुँदैछन् ।

साधारणमा ४९ र प्राविधिक धारमा ३० विषयमा एसईई

साधारण धारतर्फ अनिवार्य विषय सहित ४९ विषयमा परीक्षार्थीले एसईई दिँदै छन् । बौद्ध शिक्षा, संस्कृत, उर्दु, सम्भोटा, होमसाइन्स, सामवेद लगायतका विषयमा परीक्षार्थीले एसईई दिइ रहेका छन् । होम साइन्समा ८ जना, भोट भाषामा ७ जना, बौद्ध शिक्षामा १५ जना, सामवेदमा १० जनाले एसईई दिँदै छन् । यसैगरी प्राविधिक धारको संगीतमा भने अहिले एसईई दिने विद्यार्थी देखिएका छैनन् ।

प्रदेश २ र प्राविधिकधारमा छात्राको पहुँच पुगेन

यस वर्षको एसईईमा प्रदेश २ मा र प्राविधिका धारमा छात्राको संख्यामा कमी देखिएको छ । प्रदेश संघीय, प्रदेश र स्थानीय सरकारले प्रदेश २ मा छोरी पढाऊँ बेटी बचाउ अभियान, छात्रावृत्ति लगायत विभिन्न आकर्षक कार्यक्रम सार्वजनिक गरेको भएपनि छात्राको उपस्थिति भने यो वर्ष पनि कमी रहेको माथिको तथ्याङ्कले पुष्टि गरेको छ ।

छोरीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नआएसम्म प्रदेश २ मा छात्राको उपस्थिति नबढ्ने शिक्षाविद्हरू बताउँछन् ।

त्यसैगरी सातै प्रदेशमा सञ्चालन गरिएका सामुदायिक विद्यालयका प्राविधिकधार सञ्चालित कक्षामा पनि छात्राको उपस्थिति न्यून देखिएको छ । एसईईमा सहभागीको तथ्याङ्कलाई हेर्दा छात्रको आधा संख्यामा मात्र छात्राले प्राविधिक धार पढ्ने गरेको देखिएको छ ।

A Levels MA
Thuprai - Books and E-books