ल क्याम्पसका सबै भौतिक कक्षा बन्द

नेपाल ल क्याम्पसले कोभिड–१९ को संक्रमण बढ्दै गएको हँुदा आजदेखि भौतिक उपस्थितिमा सञ्चालन हुँदै आएका कक्षा स्थगित गरी १५ गते देखि सबै कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने भएको छ ।

एलएलएम र बीएएलएलबी तहका कक्षाहरु पूर्ववत् रुपमा अनलाइनबाट सञ्चालन भइरहेकोमा एलएलवी तर्फका नियमित कक्षा अनलाइनबाट गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले कोभिड अति प्रभावित क्षेत्र भनी वर्गीकरण गरेका जिल्लाहरुमा भौतिक उपस्थितिमा सञ्चालन भइरहेका कक्षा स्थगित गर्ने निर्देशन दिएको हुँदा तत्काललाई बन्द गरिएको क्याम्पसले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

साथै एलएलबी तह (२०७५र–७६ समूह प्रथम वर्ष र एलएलबी तह –२०७४ समूह ) तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुले त्रिविबाट उपलब्ध ईमेल खाता प्राप्त गर्न तत्काल आफेनो विवरण दर्ता गर्न समेत क्याम्पसले निर्देशन दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal