इन्जिनियरिङ अध्ययन संस्थानका सबै परीक्षा स्थगित

त्रिभुनव विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजमा पठनपाठन तथा स्नातक र स्नातकोत्तर तहको परीक्षा आजदेखि लागु हुने गरी स्थगित गरेको छ । 

इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा तथा पठनपाठन स्थगित गरेको हो ।

संस्थानले नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुको पठनपाठन र परीक्षा बन्द गर्न सूचना जारी गरेको हुनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सम्पूर्ण कार्यक्रम् अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको इन्जिनियरिङ अध्ययन संस्थानका डीन रामचन्द्र सापकोटाले जानकारी दिए । ।

Thuprai - Books and E-books