After SEE Portal

धनगढीमा सबै स्कुल बन्द

Bridge Course

धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

धनगढी उपमनपाले आज विज्ञप्ति जारी गरी शिक्षण संस्था बन्द गर्ने जानकारी दिएको छ । सो उपमनपाका शिक्षा शाखाका अधिकृत अकबर चन्दले परीक्षा लगायतका कार्य तत्काल सञ्चालन नहुने जानकारी दिए ।

कक्षा ८ को नगरस्तरीय परीक्षा फागुन २८ गतेदेखि सञ्चालन हुने भनी पूर्व सूचना प्रकाशित गरिएको थियो । अन्य तहका परीक्षा पनि कतिपयले फागुन २८ गतेदेखि र कतिपयले आगामी चैतको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरेका थिए ।

अधिकृत चन्दले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि शिक्षण संस्था बन्दका साथै परीक्षा पनि सञ्चालन नहुने बताउँदै अवस्था सामान्य भइसकेपछिमात्र परीक्षा सञ्चालन हुने बताए ।

A Levels MA
Thuprai - Books and E-books