After SEE Portal

पोखरा महानगरपालिका–३३ का सबै बालबालिका विद्यालयमा भर्ना

Bridge Course

पोखरा, १ असोज ९रासस०ः पोखरा महानगरपालिका–३३ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । 

विद्यालय उमेर समूह ९५–१२ वर्षका  सबै बालबालिका विद्यालय भर्ना भएपछि सो वडालाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको घोषणा गरिएको हो । 

पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाद्वारा आज सामुदायिक सिकाइ केन्द्र बरपाण्डेथुममा आयोजित एक समारोहमा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडाका सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको घोषणा गर्नुभयो । 

सो अवसरमा उहाँले वडाका सम्पूर्ण बालबालिका विद्यालय भर्ना हुनु स्वागतयोग्य भएको बताउँदै समयानुकूल शिक्षाको गुणस्तरीयता अभिवृद्धि अबको आवश्यकता भएकामा जोड दिनुभयो । 

पोखरा महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने सरकारको योजना भएको बताउँदै आगामी दिनमा सडक बालबालिकासमेतलाई विद्यालयको पहुँचमा ल्याउनु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले वडाभित्र १४ सामुदायिक र तीन वटा संस्थागत विद्यालय रहेको जानकारी दिनुभयो । शिक्षक, विद्यार्थी तथा अविभावक सबैको संयुक्त प्रयासबाट शिक्षाको गुणस्तरीयता कायम गर्न सकिनेमा उहाँले जोड दिनुभयो । महानगरपालिका शिक्षा संयोजक शोभामोहन पौडेलले बालबालिकाको क्षमता र प्रतिभालाई उसको मनोविज्ञान र इच्छा शक्तिका आधारमा उपयोग हुने वातावरण आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा सरस्वती टीका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक गङ्गाबहादुर पुन, सामुदायिक सिकाइ केन्द्र, बरपाण्डेथुमका अध्यक्ष केशवराज लम्साल, हेमराज आचार्यलगायतले विद्यालयको पहँुचमा आएका बालबालिकालाई समयको मागअनुरुप गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 


A Levels MA