After SEE Portal

एजे कप भलिबल प्रतियोगिता

Bridge Course
फोटो सौजन्यः हरिसुन्दर  छुकां

गएको ५ वर्षदेखि निरन्तर रुपमा हुँदै गरेको एजे भलिबल कपको छैटौं संस्करण हिजोबाट हिजोबाट सुरु भएको छ ।

भक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति(एजे) सेकेण्डरी स्कुलको आयोजनामा फागुनबाट भलिबल प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।

कक्षा १२  मा अध्ययनरत विद्यार्थी  सो प्रतियोगितामा सहभागी हुन पाउने छन् । उक्त प्रतियोगिताको तयारी तीव्र बनेको विद्यालयका प्रधानाध्यापक कृष्णराम दुवालले बताए । उनले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेसँगै खेलको प्रवद्र्धनमा सहयोग पुर्याउन विद्यालयले नियमित रुपमा भलिबलको प्रशिक्षण तथा प्रतियोगिता गरिँदै आएको जानकारी दिए ।

गत वर्षको प्रतियोगितामा छात्र र छात्रात्र विधामा गरी ३३ बढी टीमको सहभागिता रहेकोमा यो वर्ष उक्त टीमको संख्यामा वृद्धि हुने गरी विद्यालयले तयारी गरिरहेको उनको भनाइ छ । उनले यो वर्ष पनि छात्र र छात्रा गरी दुई विधामै स्पर्धा हुने जनाए ।

नयाँ पुस्तालाई भलिबल खेलप्रति आर्कषित गर्न, शारिरीक र मानसिक तन्दुरुस्त बनाउन, विद्यार्थीहरुलाई विभिन्न खाले लागू औषधको दूव्र्यसनबाट टाढा राख्न, आपसी सहयोग, मित्रता र टीम वर्कको भावना विकास गराउनमात्र नभएर खेल पर्यटनको विकास गर्न समेत प्रतियोगिता सहायक बन्दै आएको उक्त प्रतियोगिताका संयोजक एवं भलिबलका राष्ट्रिय रेफ्री रुकेश शाहीले बताए ।

प्रतियोगिता सफल बनाउन विद्यालयले विभिन्न उपसमिति गठन गरेको छ ।

विद्यालयले वि.सं. २०७१ देखि नियमित रुपमा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार हुने आयोजकको भनाइ छ ।

प्रतियोगिताअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था छ । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरी पुरस्कृतसमेत गरिनेछ ।

A Levels MA
Thuprai - Books and E-books