After SEE Portal

त्रिविको अनुसन्धानलाई सवल र व्यापक बनाउने सहमति

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) र नीति अनुसन्धान प्रतिष्ठानविच सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने समझदारी भएको छ ।

दुवै संस्थाले सार्वजनिक नीतिमा प्राज्ञिक संवाद गरी अनुसन्धानलाई प्रभवकारी बनाउने लिखित सम्झौता गरेका छन् ।

समझदारीपत्रमा दुई निकायहरुविच आपसी सहकार्यमा सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने, सार्वजनीक नीतिका सन्दर्भमा तालिम, गोष्ठी लगायतका अनुसन्धान क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, बैज्ञानिक सभा सम्मेलन आयोजना गर्ने, संयुक्तरुपमा अनुसन्धान प्रसार र प्रकाशन गर्ने, अनुसन्धान सूचना, तथ्याङ, सामग्री, पुस्तकालय, बौद्धिक सम्पत्तिको परस्पर आदानप्रदान गर्ने उल्लेख गरिएको छ ।

सहकार्यमा आवश्यकता अनुसार विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभाग,अनुसन्धान केन्द्र, आंगिक क्याम्पस र स्कूलसँग समेत सहकार्य गर्ने जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा,रजिष्ट्रार प्राडा पेशल दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्राडा खडग केसी लगायतको उपस्थितिमा शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले हस्ताक्षर गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books