A Levels MA

पोखरा विश्वविद्यालय र दुई युरोपियन युनिभर्सिटीविच सम्झौता

पोखरा विश्वविद्यालय र पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसंग सम्झौता भएको छ ।

उच्च शिक्षालाई उत्कृष्टता केन्द्रका रूपमा विकास गर्न शिक्षण, सिकाई र अनुसन्धानका गतिविधिहरूका माध्यमले उत्पादनमूलक, कल्याणकारी केन्द्रित एवम् राष्ट्र तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्ध सहित इन्जिनियरिङका विद्यार्थीको सिकाइ आदानप्रदान गर्ने मुख्य उद्देश्यले हालै दुवै विश्वविदालयले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सझदारीपत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल र पोलिटेक्निक अफ कार्टेजेना युनिभर्सिटी, स्पेनका रेक्टर बीट्रिज मिगुएल हर्नान्डेजले यही हस्ताक्षर गरेका छन् ।

पोखरा विश्वविद्यालयका उपकुलपतिसहित रजिष्ट्रार सह–प्राडा दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा राजेशकुमार ठगुराठी लगायतको टिमले स्पेनमा अवस्थित पोलिटेक्निक अफ कार्टेजेना युनिभर्सिटीको हाताभित्र उक्त सम्झौता गरेका हुन् ।

दुबै पक्षद्वारा सम्भावित सहयोगको सम्बन्धमा छलफल र वार्ताहरू आयोजना गरी सम्भावित कार्यक्रमहरू तय गर्न मार्ग प्रशस्त गरेको छ ।

दुबै संस्थाले अब उप्रान्त अनुसन्धानकर्ता र अन्य अनुसन्धान र प्रशासनिक कर्मचारी आदानप्रदान गर्ने, सहयोगी अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, लेक्चरहरू सञ्चालन गर्ने तथा संगोष्ठीहरू, कार्यशालाहरू र सम्मेलनहरू संयुक्त रूपमा आयोजना गर्न सक्नेछन् ।

त्यसै गरी आपसी सहयोगको विकास, शैक्षिक सामग्री र सूचनाको आदानप्रदान गर्ने, विश्वव्यापी रूपमा दर्शकहरूको लागि अध्ययन र अनलाइन शिक्षाको कार्यक्रमहरू विकास र वितरण गर्ने, आपसी सहमति अनुसार अन्य शैक्षिक सहयोग प्रबर्धन गर्ने, संयुक्त पाठ्यक्रम वा डिग्री कार्यक्रमहरू विकास गर्ने सम्भावनाहरू अन्वेषण गर्ने तथा शैक्षिक प्रशिक्षण र विकासमा हातेमालो गर्दै अगाडि बढ्ने  सम्झौतामा उल्लेख गरिएको छ।

Thuprai - Books and E-books