After SEE Portal

फेरी शिक्षा विभाग र जिशिका नै नामकरण गरिने

Bridge Course

सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने भएको छ । पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव  गर्दै छ । मन्त्रालयका विशेष सूत्रका अनुसार मन्त्रिपरिषद्को भोलिको बैठकले नाम परिवर्तनको निर्णय गर्ने छ ।

मन्त्रालयको प्रस्तावमा २०७५ साल साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ नामाकरण गरेको थियो ।

सो नाम भद्दा र लामो भएको भन्दै शिक्षा विभागका तत्कालीन महानिर्देशक बाबुराम पौडेलले सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव समेत पुर्याएका थिए । तर उनको सो प्रस्तव फिर्ता पठाइएको थियो ।

शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई एकीकृत गरी फरक नामाकरण गरिएको थियो । नयाँ नामप्रति सरोकारवालाको असहमतिपछि पुनः पुरानै नामकरण गरिने भएको हो ‘अब पुरानै नाम राख्ने भयौं । भोलि बस्ने मन्त्री परिषद्को बैठकमा निर्णय भएपछि पुरानै नाम कायम हुने छ ।’ मन्त्रालयका उच्च अधिकारीले बताए ।

A Levels MA
Thuprai - Books and E-books