After SEE Portal

फेरी सामजिक विषयका लेखकलाई पाठ्यसामग्री प्रकाशन गर्न प्रतिबन्ध

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले एडभान्स सरस्वती प्रकाशन, काठमाडौंका लेखकहरू सन्तोष गुरुङ्ग र प्रमोद प्यारा श्रेष्ठलाई तीन वर्ष सम्म कुनै शैक्षिक सामग्री लेख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रसम्म सरकारी तथा निजी प्रकाशनबाट पाठ्यसामग्री लेखन तथा सम्पादन लगायत पाठ्यसामग्री प्रकाशनसंग सम्वन्धित कार्य गर्न प्रतिवन्ध लगाइएको हो ।

उक्त प्रकाशन गृहबाट २०७७ मा प्रकाशित कक्षा ११ र २०७८ मा प्रकाशित कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यसामग्रीका विषयवस्तु पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ११ र १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पुस्तकको विषयवस्तुसंग मिल्न गए पछि प्रतिबन्ध लगाएको हो ।

प्रकाशकले पेश गरेको लिखित जवाफमा लेखकद्धयबाट उक्त पाठ्यसामग्री तयार गर्ने क्रममा पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित पाठ्यपुस्तकका विषयवस्तु सारेको स्वीकार गरेको हुदाँ प्रतिबन्ध लगाएको केन्द्रले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ । प्रतिवन्धित व्यक्तिबाट पाठ्यसामग्री लेखन तथा सम्पादन लगायत प्रकाशन सम्बन्धी कार्य गरेको, गराएको पाइएमा सम्बन्धित प्रकाशक समेतलाई कानूनबमोजिम कारवाही गर्ने केन्द्रले चेतावनी समेत दिएको छ ।

यसअघि केन्द्रले ज्ञानबहादुर अधिकारी र राममणी बगालेलाई कक्षा ६ र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन गर्न प्रतिबन्ध लगाएको थियो ।

 उनीहरूले पनि अर्काको सामग्री चोरेको हुँदा तीन् वर्षका लागि नै प्रतिवन्ध लगाएको थियो ।

A Levels MA
Thuprai - Books and E-books