After SEE Portal

दुई वर्ष पछि पुरानै शैलीमा बार्षिक परीक्षा र एसईई पनि (साप्ताहिक शैक्षिक गतिविधि वैशाख २–९)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु गरेको छ । यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४, प्राविधिक तर्फका मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी र जापानबाट १९ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् ।

चालु शैक्षिक सत्र २०७८ लगभग सकिने क्रममा छ । अधिकांश विद्यालयले आफ्नो  बार्षिक परीक्षा सञ्चालन गरीसकेका छन् । केही भने एसईईसंग नजुद्ने गरी बार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । विद्यालयले शैक्षिक वर्ष २०७६ र २०७७ मा महामारीका कारण भौतिक रुपमा बार्षिक परीक्षा सञ्चालन गर्न सकेका थिएनन् । दुई वर्ष सम्म विद्यालयमा निर्धारित समयसम्म पढ्न नसकेका विद्यार्थी पुरानै शैलीमा परीक्षामा समोल भएका त छन् तर मूल्याङ्कन पुरानै हुँदा उपलब्धी कस्तो हुने भन्ने विषय हेर्न नै बाँकी छ ।

कोरोना संक्रमण विश्व तीव्र भएपछि सरकारलपे पहिलो पटक २०७६ चैत्र ११ मा देशैभर लकडाउन गर्यो । कक्षा एक देखि तीन सम्मका विद्यार्थीले सो समयमा बार्षिक परीक्षा दिइसकेका भएपनि त्यो शैक्षिक वर्षको एसईई र कक्षा १२ को परीक्षा भौतिक रुपमा हुन सकेन । विश्वमा फैलिएको त्रासका कारण विद्यालय भौतिक रुपमा खोल्न नसकेपछि विकल्पका रुपमा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्यो । मन्त्री परिषद्को निर्णयनुसार सो निर्देशका २०७७ जेठ १८ गते जारी गरियो । पहुँच भएका विद्यार्थीलाई भर्चुअल माध्यमबाट सिकाइसहजीकरण गराइएको भए पनि नियमित रुपमा विद्यार्थी सहभागी हुन सकेनन् । भर्चुअल माध्यममा ६० प्रतिशत विद्यार्थीको सहभागिता देखिए पनि नियमितता नभएको पद्यकन्या विद्याश्रमका प्रधानाध्यापक रीता तिवारी बताउँछिन् ।

जेठमा जारी भएको निर्देशिका अनुसार धेरै विद्यालयले पठनपाठन सुरु गरे । सरकारले २७७ भदौ २५ मा बैकल्पिक सिकाइको अवधि गणना गर्ने निर्णय गर्यो । तर वैकल्पिक सिकाइले विशेष तथा कठिन अवस्थाका बालबालिकालाई समेट्नै सकेन । केही पालिकाले असोदेखि केहीले माघदेखि मात्र विद्यालय सञ्चालनमा ल्याए । २०७७ मा विद्यार्थीले विद्यालयमा सय दिन पनि बिताउन पाएनन् ।

मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना जारी गरेको छ । कार्ययोजनालाई मन्त्रिपरिषद्ले २०७७ असोज १ गते कार्यान्वयनमा ल्याउने गरी लागु गर्यो । सो कार्ययोजना अनुसार विद्यालय खुले तर पुरै समय विद्यार्थीले पढ्न पाएनन् ।

२०७८ वैशाख १५ गतेदेखि पुनः संक्रमण फैलिएपछि निशेषाज्ञा जारी गर्यो । साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ कार्यान्वयन ल्यायो । सोही कार्यविधि अनुसार केही पालिकाले विद्यालय खोले केहीले मंसिरमा मात्र खोले । यसरी हेर्दा निर्धारित समयको आधा पनि विद्यार्थीले विद्यालयमा सिक्न पाएनन् । योजना तयार गरेको छ ।

कोभिड महामारीको अवस्थामा हुनसक्ने निषेधाज्ञाको प्रकृति अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित कृयाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजनाः सार्वजनिक गर्यो सोही अनुसार पालिकाले आफ्नो अनुकुल असोज एक गतेदेखि धमाधम विद्यालय खोले ।

भौतिक उपस्थितिमा पठनपाठन बन्द भएपछि सुरु गरिएका बैकल्पिक शिक्षाको पहुँचमा विद्यार्थी पुग्न सकेनन् यो अवधिमा करिब दुई लाख बालबालिका विद्यालय आउन छाडेको विभिन्न संस्थाले गरेको अध्ययनमा देखाएइको छ । विद्यालय बन्द भएको अवस्थामा असार एक गतेदेखि चालु सुरु भएको शैक्षिक सत्र सुरु भयो । मंसिरदेखि सुरु भएको भौतिक उपस्थितिको कक्षा पुनः माघ महिनाभर बन्द भयो । विद्यालयले फागुन र चैतमा पढाएर वैशाखमा बार्षिक परीक्षा, भर्ना अभिान र नतिजा प्रकाशनको चाप सरकारले विद्यालयलाई थुपार्यो । अहिले विद्यालय बार्षिक परीक्षा सकेर नतिजा प्रकाशनको तयारीमा जुटेका छन् ।

स्तरीकृत प्रश्नपत्र बैङ्कका आधारमा परीक्षा हुने, पाँच वर्ष सम्म प्रश्न नदोहोरिने

कक्षा ८, १० र १२ को वार्षिक परीक्षामा अबदेखि कम्तीमा पाँच वर्षसम्म प्रश्न नदोहोरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सो तहका लागि स्तरीकृत प्रश्नपत्र बैङ्क तयार गरिरहेको छ । कक्षा १० र १२ मा आगामी २०७९ को शैक्षिकसत्रबाट तथा कक्षा ८ मा आगामी २०८० सालको शैक्षिकसत्रबाट स्तरीकृत प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिनेछ ।

बोर्डका अनुसार पहिलो चरणमा अनिवार्य विज्ञान, अङ्ग्रेजी र गणित विषयमा स्तरीकृत प्रश्नपत्र बैङ्क तयार हुनेछ । प्रदेश र स्थानीय तहले बोर्डले तयार गर्ने प्रश्नपत्र बैङ्कबाट प्रश्न प्राप्त गरी परीक्षाका लागि प्रश्नपत्र तयार गर्नसक्नेछन् ।

हिंसाको गुनासो सुन्ने अधिकारी

त्रिभुवन विश्वविद्यालय सम्बद्ध निकायमा हुने वा हुन सक्ने यौनजन्य दुर्व्यवहारको उजुरी गर्ने आधिकारिक व्यक्ति तोकिएको छ ।

त्रिवि कार्यकारी परिषदको २०७८ चैत २५ को निर्णय नं। १२३७ ले सम्बन्धित निकाय प्रमुखलाई र केन्द्रीय कार्यलयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारीको रुपमा तोकेको हो ।

त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार निर्देशनालय,महाशाखा,कार्यालय,विभाग,क्याम्पस, केन्द्र, स्कूल र निकाय भित्र कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा उजुरी सुन्ने अधिकारीको तोकिएको त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूच्नामा उल्लेख गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज सम्पन्न भएको छ। विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न दोस्रो दीक्षान्त समारोह ५१९ जनालाई दीक्षित गर्दै समारोह सम्पन्न भएको हो ।

शिक्षकहरूको  कार्यसम्पादन मूल्याङ्कन ३० दिन भित्र भर्नु पर्ने

शिक्षक सेवा आयोगले ३० दिन भित्र शैक्षिकसत्र २०७८ को शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ ।

आयोगले सबै शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाइ, र सबै स्थानीय तहलाई पत्राचार गर्दै  सामुदायिक विद्यालयका शिक्षकहरुको शैक्षिक सत्र २०७८ को कार्य सम्पादन मूल्याङ्कन फाराम आगामी जेठ ३० गतेसम्म भर्न भराउन निर्देशन दिएको हो ।

तलबमान तोक्न आग्रह

नेपाल विद्यालय कर्मचारी परिषदले नेपाल शिक्षक महासंघ रष्ट्रिय समितिसंग आव २०७९–०८० को वार्षिक बजेटमा विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम गर्न पहल कदमी गर्न अनुरोध गरेको छ ।

परिषदले विद्यालय कर्मचारीहरूको (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी) हालसम्म नेपाल सरकारबाट उचित तलबमान कायम नभई झिनो अनुदानमा मात्र काम गर्नु पर्ने बाध्यता रहेकोले कायम गराउन पदल गर्न आग्रह गरेको हो

स्नातक उत्तीर्णले लाइसेन्सको परीक्षा दिन पाउने

व्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता प्राप्त व्यक्तिले (अध्यापन अनुमति पत्र) लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । शिक्षक सेवा आयोगले लेखा विषयको हकमा व्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता प्राप्त गरेको व्यक्तिले लाइसेन्सको दरखास्त फारम भर्न पाउने जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books