A Levels MA

केन्द्रको अनुसन्धान कार्यक्रम प्रभावित

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न तीन विषयमा गर्ने भनिएको अनुसन्धान सम्वन्धी सम्पूर्ण कार्यक्रम रद्द गर्ने भएको छ ।

केन्द्रको स्वीकृत बार्षिक कार्यक्रम अनुसार निर्धारण गरिएको अनुसन्धान कार्यक्रम रद्द गरेको हो । केन्द्रले विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय संयन्त्र, परिवर्तित सन्दर्भमा विभिन्न तहमा शिक्षक विकास र शिक्षक सहायता संयन्त्रको परिचालन र सामुदायिक विद्यालयको रुपान्तरण तथा गुणस्तर सुधारका सन्दर्भमा मापदण्ड विकास तथा स्थानीय अपनत्व र तदारुकतामा सुधार गर्ने रणनीतिहरु बारे गर्ने भनिएको अनुसन्धान कार्यक्रम केन्द्रले रद्द गरेको केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाका अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

हाल विश्वव्यापी रुपमा देखापरेको कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण अगाडि बढाउन नसकिएकाले सो सम्वन्धी सम्पूर्ण प्रकृया यस केन्द्रको निर्णय अनुसार रद्द गरिएको अधिकृत शर्माले बताए ।

 

Thuprai - Books and E-books