A Levels MA

निम्न माध्यमिक तहमा विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले दुई हजार ५९८ पदका लागि विज्ञापन आह्वान गरेको हो । नेपाली विषयमा ४३७, अङ्ग्रेजीमा ६२४, गणित र विज्ञानमा ३६४, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३ लगायत पद सङ्ख्यामा शिक्षक माग गरिएको छ ।

आगामी माघ ६ गतेसम्म दरखास्त दिन पाइने छ । यो पनि अनलाइन माध्यमबाट नै फाराम भर्न सकिने जनाइएको छ ।

 

Thuprai - Books and E-books