After SEE Portal

आयोगले अध्यापन अनुमति पत्रको प्रवेशपत्र सार्वजनिक,कसरी सच्याउने प्रवेशपत्रको विवरण

Bridge Course

शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ ।

 आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ ।

प्रवेशपत्रमा विवरण गलत भएमा सच्याउन के गर्ने

१. शिक्षक लाइसेन्स विज्ञापनको शर्त बमोजिम फारममा विवरण नभरेका  र तोकिएको राजश्व रकम नबुझाउनेको प्रवेश पत्र नदेखिने र देखिएपनि पूर्ण नदेखिने वा अस्वीकृत हुने आयोगले जनाएकोछ ।  यसो भएमा फारम अस्वीकृत नहुनुपर्ने प्रमाण कागजातहरु(बैंक भौचरसमेत) सहितको विवरण सच्याउन आयोगमा निवेदन पठाउनु पर्ने छ ।


२. नाम, थर, जन्ममिति, जिल्ला र ठेगाना नमिलेको भए नागरिकता, वि.नं. र नमिलेको भए ट्रान्सक्रिप्टको स्क्यान कपी  सहितका कागजातहरु आयोगमा पठाउनुपर्नेछ ।


३. केही उम्मेदवारहरुको अनलाइन फारम भर्न चाहेको जिल्ला छनोट नभएको  वा जिल्ला खाली रहेको र कतिपय उम्मेदवारहरुले परीक्षा दिन नपाइने विषयमा फारम भरेको पाइएको छ । पूर्व विज्ञापनको शर्तबमोजिम जिल्लाको नाम भर्न र विषय परिवर्तन गर्नका लागि बैंकको भौचर, ट्रान्सक्रिप्ट समेत राखी आयोगमा इमेलमार्फत निवेदन दिनुपर्नेछ ।

 अन्यथा फारम अस्वीकृत हुने आयोगले जनाएको छ । प्रवेशपत्र हेर्दा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर र आवश्यक कागजातहरु (पार्सपोर्ट साइजको फोटो र दस्तखत) अनिवार्य जेपिजी फर्मेटमा संलग्न गरी ३ दिन भित्र आयोगको इमेल tscapplication@gmail.com मा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

A Levels MA