After SEE Portal

शैक्षिक सत्र अगावै भर्नाको सूचना गर्न नपाइने

Bridge Course

काठमाडौं महानगरपालिकाले शैक्षिकसत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले सूच्ना जारी गर्दै शैक्षिक सत्रको शुरुवातको समय नभई विद्यार्थी भर्नाका लागि कुनैपनि तरिकाले सूचना प्रकाशन नगर्न नगराउन सूचित गरेको हो ।

विद्यालयले अनलाईन तथा अन्य विभिन्न माध्यमबाट  भर्नाका लागि सूचना गरको भन्ने उजुरीप्रति शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

भर्नाका लागि सूचना प्रकाशन गरेको पाइएमा काठमाडौं महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारवाही चेतावनी समेत विभागले दिएको छ ।

A Levels MA