कक्षा १२ को नतिजा समयमा नै प्रकाशन नहुँदा भर्ना प्रभावित

कक्षा १२को नतिजा प्रकाशन नहुँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग सङ्काय अन्तर्गतको इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पसको भर्ना कार्यक्रम प्रभावित भएको छ ।

१२ कक्षाको नतिजा समयमा नै प्रकाशन नहुँदा क्याम्पसले निर्धारण गरेको प्रवेश परीक्षा नतिजा प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरेको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गरी इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पसमा स्नातक तहमा भर्नाको लागि पौष २९ गते सम्म प्रवेश परीक्षा आवेदन फाराम भर्ने र आगामी माघ ५ गतेका लागि निर्धारण गरेको प्रवेश परीक्षा नतिजा प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरेको उल्लेख गरेको छ ।

सो सूचनामा राष्ट्रिय परीक्षा वोर्डले लिइएको कक्षा १२ को नतिजा प्रकाशित भएको मितिले १५ दिन सम्म र प्रवेश परीक्षा सम्वन्धी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको उल्लेख गरेको छ ।