A Levels MA

विद्यालय हाताभित्र मदिरा सेवन गर्नेलाई कारवाही गरिने

 

महोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी गरेको खबर सार्वजनिक भएपछि नगरपालिकाले कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । उक्त पार्टीमा संलग्न शिक्षकलाई कानूनअनुसार कारवाही गरिने भएको छ ।

सार्वजनिक बिदाका दिन विद्यालयजस्तो पवित्रस्थलमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानूनअनुसार कारवाही गरिने निर्णय गरेको छ । जानकारी लगत्तै मङ्गलबार विद्यालय पुगेका नगर प्रमुख शिवनाथ महतो, नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित बैठकले कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी धर्मराज बस्नेतले बताउनुभयो ।

भोज गरिएको घटनाको एक हप्ता बित्दासमेत विद्यालयको हाताभित्र खाली मदिराका वोतल, खाना खाएका जुठा प्लेट, फोहरले विद्यालयको वातावरण प्रदूषित भएको पाइएको थियो । अनुगमनका क्रममा सञ्चारकर्मीसहितको टोली घटनास्थलमा पुग्दा मदिराका खाली बोतलको छेउमा ससाना विद्यार्थी खुला चौरमा अध्ययन गर्नका व्यस्त रहेका थिए ।

सो भोजमा विद्यालयमा दिवा खाजाका लागि प्रयोग गरिने भाडावर्तन पनि प्रयोग गरिएका खुलासा भएको थियो । भोजका क्रममा भाइरल भएको भिडियोमा मदिरा सेवन गरी लठ्ठ भएका शिक्षकले असभ्यताको हद पार गरेको पाइएको छ । कोही खानमा व्यस्त त कोही भोजपुरी अश्लिल गीतमा नृत्य गर्दै आएका भेटिएका थिए ।

Thuprai - Books and E-books