![लुम्बिनी वाणिज्य क्याम्पसमा तेस्रो चरणको क्यूएएका लागि पूर्ण परीक्षण भ्रमण सम्पन्न](https://media.edusanjal.com/__sized__/u/qaa-news-photo-1-crop-c0-5__0-5-300x180-70.jpeg)
तीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका हुन् ।
मध्यपश्चिममा प्राडा केशरसिंह राना, सुदूरपश्चिममा सहप्राध्यापक कर्णबहादुर थापा र पूर्वाञ्चल विश्वविद्यालयमा डा शैलेशमणि पोखरेललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
तीन ओटै विश्वविद्यालयका उपकुलपतिहरूको पदावधि गत फागुन १९ गते सकिएपछि सबै विश्वविद्यालय उपकुलपति विहीन थिए । खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्ने भनेर विज्ञापन गरिए पनि दुईओटा विश्वविद्यालयको उपकुलपति छनोटका लागि गरिएको विज्ञापन नै स्थगित गरिएको थियो ।
भने, पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपतिका लागि १८ जनाले आवेदन दिएको छनोट समितिले गत फागुन ९ गते नै सार्वजनिक गरेको भएपनि समितिले अहिलेसम्म सर्टलिष्ट सार्वजनिक गरेको छैन । आवेदकले सोचपत्र र चारवर्षे कार्ययोजनासहित आवेदन बुझाएको छनोट समितिले जानकारी दियो ।