After SEE Portal

निमित्तदेखि पूर्व उपकुलपति पनि उपकुलपतिको दौडमा

Bridge Course

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिने आंकाक्षीमा वर्तमान निमित्त उपकुलपति देखि पूर्व उपकुलपति समेत देखिएका छन्  । आज साझ सम्म आवेदन खुला रहेको उपकुलपति पदमा आवेदन दिने अहिलेसम्म १६ जना पुगेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।

समिति स्रोतका अनुसार परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्व डिन गुणनिधी न्यौपाने, लगायत १६ जनाले आवेदन दिएका छन् भने आज साझसम्ममा पूर्व उपकुलपति तीर्थ खनिया, र निमित्त उपकुलपति सिवलाल भुसालले समेत आवेदन दिने बुझिएको छ । प्रध्यापक संघ संगठनका केही नेता प्रध्यापकले समेत आज आवेदन दिने प्रतिक्रिया दिएका छन् ।

 पूर्व डिन न्यौपानेले त्रिविको सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

पूर्व उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कार्तिक १६ सकिएपछि शिवलाल भुसाललाई प्रधानमन्त्री कार्यालयले उपकुलपतिको जिम्मेवारी दिएको थियो ।

उपकुलपति नियुक्तिका लागि पहिलो पटकको सूचना नै विवादास्पद भएपछि पुस २३ मा दोस्रो पटक सूचना प्रकाशन गरिएको थियो ।

पहिलो पटक पुस २० गते सार्वजनिक गरेको सूचनामा उल्ल्ेख गरिएको मापदण्ड नियोजित तरिकाले आफ्ना नेता नियुक्त गर्ने प्रक्रिया भएको सर्वत्र विरोध भएपछि प्रधानमन्त्रीले मापदण्ड परिवर्तन गर्न गराउन समितिलाई निर्देशन दिएका थिए । उक्त पहिलो विज्ञापनको सूचनाको ङ नम्बर बुँधा परिवर्तन गर्दै उपकुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८० जारी गरी नयाँ विज्ञापन गरेको थियो ।

A Levels MA