After SEE Portal

कानुन अनुसार आवेदक मध्येबाटै उपकुलपति बन्ने

Bridge Course

शिक्षा सचिव सुरेश अधिकारी त्रिभुवन विश्वविद्यालयको उपकुलपति सर्टलिष्टमा परेका मध्येबाटै बन्ने बताएका छन् ।

उपकुलपतिको सर्टलिस्टमा परेका व्यक्तिहरुमाथि प्रश्न उठिरहेका प्रश्नको आज जवाफ दिँदै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दरखास्त दिनेलाई छोडेर बजारमा खोज्न  जान नमिल्ने बताए ।

बैठकमा सांसदहरूले  सर्टलिस्टमा परेका व्यक्तिको बारेमा प्रश्न उठाएपछि सचिव अधिकारीले भने, ‘म योग्य छु भनेर दरखास्त दियो उसलाई बनाउने हो । तिमीहरू योग्य छैनौं अब हामी बजारमा खोज्छौं भन्न मिल्दैन, हामीलाई कानुनले दिँदैन ।’

‘बौद्धिक चोरीमा परेको व्यक्तिको बारेमा अहिले कुरा उठिरहेको छ । यो विषय म समितिको बैठकमा छलफलमा लैजान्छु,’समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै अधिकारीले भने,‘गैर कानुनी कुरा रिथिङ्क हुन्छ ।’ 

संसदीय समितिमा मन्त्री नै जिम्मेवार हुने भएकाले सचिवले सांसदहरूसँग सवालजवाफमा उत्रिन मिल्ने बताए । समिति बैठकमा शिक्षामन्त्री उपस्थित भएनन्।समितिले त्रिविको उपलकुलपति छनौटबारे छलफल गर्न सोमबार मन्त्रीसहितलाई बैठकमा बोलाएको थियो ।

बैठकमा सांसद सुमना श्रेष्ठले बौद्धिक चोरीमा परेका व्यक्ति छनोट भएकोबारे प्रश्न गरेकी थिइन् । उनले जादुगर भिसी  नभई एकेडेमिक र म्यानेजिरियल क्षमता भएको व्यक्ति खोजेको यसका लागि उपसमिति गठन गर्नु पर्ने बताइन् ।

समितिले त्रिविको उपकुलपतिको सर्टलिष्टमा परेका विवादित व्यक्तिलाई अघि बढाउने विषयमा ध्यान पुर्याउन कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

बौद्धिक चोरीमा परेका तिर्थ खनियाँ, भ्रष्टाचार मुद्धामा मुछिएका पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति केशरजंग बराल र सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले जरिवाना तिराएका त्रिविका बाहलवाला उपकुलपति शिवलाल भुसाल माथि बिशेष ध्यान दिन समितिले कुलपति तथा प्रधानमन्त्रीले ध्यानाकर्षण गराउने भएका हुन् ।

A Levels MA
Thuprai - Books and E-books