आंशिकलाई करार नगरे राम्रो नहुने चेतावनी

आंशिकलाई करार नगरी परीक्षाको प्रक्रिया अगाडि बढाए परिणाम नराम्रो हुने चेतावनी  त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई दिइएको छ ।

त्रिविमा कार्यरत आंशिक शिक्षकहरूको व्यवस्थापन नगरी सेवा आयोगले कुनै पनि स्थायी नियुक्ति गर्न नपाउने भन्दै यस्ते चेतावनी दिएका हुन् ।

विभिन्न संकाय र संस्थानमा उपप्राध्यापक छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरे लगत्तै आंशिक प्राध्यापकहरूले  यस्तो चेतावनी दिएका छन् ।

आयोगले २०७७–७८ मा गरेको विज्ञापनबाट अझै शिक्षक छनोट गर्न सकेको छैनन्, पटक पटकको दवावबाट परीक्षा स्थगित हुँदै आएको छ ।

आंशिक प्राध्यापकहरूले परीक्षा स्थगित नगरे पुनः आयोगमा ताला लगाउन समेत चेतावनी दिइएको आयोगले जानकारी दियो ।

गोकुल लिम्बूको समूहले त्रिवि सेवा आयोग अध्यक्ष प्राडा घनश्याम भट्टराईलाई भेटेर यस्तो चेतावनी दिएका छन् ।

 प्रक्रिया अगाडि बढाउन नपाइने शुक्रबार सेवा आयोगका अध्यक्ष भट्टराईलाई आंशिक शिक्षक संगठनका अध्यक्ष लिम्बू सहितको टोलीले आज परीक्षा स्थगित गर्न  सम्मको  चेतावनी युक्त समय दिएको  आयोगले जानकारी दियो ।

२०७४ सालमा तत्कालीन  प्रधानमन्त्री शेरबहादुर देउवाले आंशिक शिक्षकहरूको दबाबमा १४ सय २० दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय गराएका थिए । उक्त निर्णय अहिले सम्म कार्यान्वयन हुन भने सकेको छैन ।

सेवा आयोगले मानविकी, शिक्षा, व्यवस्थापन र कानुन विषयमा २५० उपप्राध्यापकका लागि परीक्षा सञ्चलान गर्ने तालिका सार्वजनिक गरेलगत्तै आंशिक शिक्षकले विरोध  जनाएका छन् ।

‘बाँकी करिब ५ सय आंशिक शिक्षकको व्यवस्थापन नगरी परीक्षा सञ्चलान गर्न नदिने उहाँहरूको चेतावनी छ।’ अध्यक्ष्ँ प्राडा भट्टराईले भने, ‘त्रिविमा सुधार ल्याउन खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति अत्यन्त आवश्यक छ।’

 

 

Degrees offered in nepal
Counseling
Bachelors Portal