A Levels MA

दुई दिने परीक्षा व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन गरिने

आगामी २४ र २५ गते बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला सञ्चालन गरिने भएको छ । लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा व्यवस्थापन संकाय डीनको कार्यालयको सहयोगमा सो कार्यशाला सञ्चालन गरिने भएको छ । परीक्षा व्यवस्थापन सम्बन्धी प्रश्नपत्र निर्माण, प्रश्नपत्र संयमता, उत्तर पुस्तिका परीक्षण र समपरीक्षणमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । उक्त कार्यशालामा कैलाली बहुमुखी क्याम्पस धनगढी, जनप्रिय बहुमुखी क्याम्पस पोखरा र शहीद स्मृती बहुमुखी क्याम्पस चितवन टाडीको सहभागीता रहने आयोजकले जानकारी दियो । 

 उक्त कार्यशालामा कैलाली बाट १५ जना, पोखराबाट १२ जना र चितवन बाट ११ जना तथा आयोजक क्याम्पसबाट २७ जना गरी करिब ६५ जना  प्राध्यापकहरुको सहभागीता रहने कुरा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताए । उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा प्रमुख अतिथि र स्रोत व्यक्तिको रुपमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक द्वय प्रा.डा. प्रेमराज पन्त र प्रा.डा. पुष्कर बर्जाचार्य रहने क्याम्पसले जानकारी दियो । 

कार्यशालामा उक्त कार्यक्रमले प्राध्यापक हरुको वृति विकास, परीक्षा संचालन तथा व्यवस्थापन कार्य चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न सहयोग गर्ने हुने क्याम्पस प्रमुख उपाध्यायले विश्वास व्यक्त गरे ।

Thuprai - Books and E-books