After SEE Portal

बासु माविमा दुइ दिने शैक्षिक प्रदर्शनी सम्पन्न

Bridge Course

भक्तपुरको बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।

आज विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम साथ प्रदर्शनीको समापन गरिएको विद्यालयले जनाएको छ ।

शैक्षिक प्रदर्शनीमा विज्ञानका विभिन्न प्रयोगहरूको साथै विद्यार्थीका सिर्जनाहरू राखिएको थियो । आधारभूत तहदेखि कक्षा १२ र डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीले पाठ्यक्रम सम्बन्धित विभिन्न मोडेलहरू प्रस्तुत गरका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले प्रदर्शनीमा विद्यार्थीलाई सिर्जनशील हुन प्रेरणा दिने उद्देश्यले प्रदर्शनी आयोजना गरेको बताए । ‘हाम्रो निम्ति साना लाग्ने विद्यार्थीका सिर्जना उनीहरुका लागि ठुलो उपलब्धि हासिल गर्ने खुड्किला साबित हुनेछन् ।’ उनले भने, ‘विद्यार्थीको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हो ।’

विद्यालयका प्राचार्य अम्विका न्याइच्याइले प्रदर्शनीमा विद्यार्थीको उत्साह देखेर खुशी लागेको बताइन् ।  विद्यालयका उपप्राचार्य रवीलाल प्रधानले विद्यार्थीलाई उचित वातावरण दिनसके आफै अध्ययन तथा खोजीमा लाग्दा रहेछन् भन्ने शैक्षिक प्रदर्शनीले देखाएको बताए । मावि इन्चार्ज सुनिता घटुवाले प्रदर्शनी सानो भए पनि यसले पार्ने प्रभाव कम नहुने बताए ।

प्रदर्शनीमा विद्यार्थीले हाँस र माछा पालनको मोडल बनाई हाँसको फोहर माछालाई खुवाउन सकिने अवधारणासमेत प्रस्तुत गरेका थिए । त्यस्तै नेपालको सन्दर्भमा पहाडी क्षेत्रमा गरिने खेती, माटो बिनाको खेती, कौसी खेतीलगायतका मोडेल पनि प्रस्तुत गरेका थिए । विद्यार्थीले कम्प्युटरसम्बन्धी विभिन्न मोडेलहरूका साथै पानीको चापबाट डोजरचलाउने विधिसमेत प्रस्तुत गरेका थिए ।

A Levels MA