After SEE Portal

त्रिविको रेक्टर र  रजिष्ट्रार हुन प्राध्यापक हुनुपर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार नियुक्तिका व्यक्तिगत विवरण (बायोडेटा) माग गरेको छ ।

त्रिवि उपकुलपतिले आज सार्वजनिक सूचना जारी गरी कम्तीमा प्राध्यापक भएको व्यक्तिले व्यक्तिगत विवरण पेस गर्न आव्हान गरेका छन् ।

यसअघि रेक्टर र रजिष्ट्रार हुन  सहप्राध्यपक सम्म हुनुपर्ने पूर्ववत मापदण्डलाई परिवर्तन गर्दै कम्तीमा प्राध्यापक हुनुपर्ने बनाइएको सूचनामा उल्लेख छ ।

त्रिविका रिक्त शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा त्रिवि ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० (१) बमोजिम रजिष्ट्रार पदमा कार्य गर्न चाहने ईच्छुक प्राध्यापकहरूले सात दिन भित्र आफ्नो बायोडाटा त्रिवि उपकुलपतिको ईमेल ठेगाना vc@tu.edu.np मा पठाउनु पर्ने सूचनामा उल्लेख छ ।

तत्कालीन शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि गत कात्तिक १७ गतेदेखि सो पद रिक्त छ । यस्तै रजिष्ट्रार पेशल दाहालको कार्यकाल गत कार्तिकमा सकिएपछि मंसिरदेखि उक्त पद पनि रिक्त छ ।

A Levels MA
Thuprai - Books and E-books