After SEE Portal

चितवनमा नयाँ कलेज, पहिलो वर्षमा करिब डेढ करोड रुपियाँको छात्रवृत्ति योजना

Bridge Course

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर चितवन भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । भरतपुर ११ को नहरचोकमा चालु शैक्षिक सत्रदेखि यो कलेज सञ्चालनमा आएको हो ।

कलेजले स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराइने कलेजले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।    

दुवै संकाय त्रिविको चार वर्षे आठ सेमेस्टरको कोर्यक्रम हो । बिआइएम १२६ क्रेडिट आवरको कोर्स सञ्चालन हुने ह कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिए।

कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापीकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा सञ्चालन गर्न लागेको उकलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिआइएम र बिएचएम संकायका कार्यक्रमबाट प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले बताए । उनका अनुसार कलेजमा विद्यार्थी अनुकूल वातावरणमा अध्यापन गराइने छ ।

कलेजले दुवै संकायमा ६६–६६ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ । चितवन र नवलपुरलाई लक्षित गर्दै सञ्चालन गरिएको यो कलेजले यातायातको सुविधाको व्यवस्था गरेको छ । बीएचएमको लागि सात लाख ५० हजार र बीआईएमको लागि छ लाख रुपियाँ शुल्क  तोकिएको छ । कलेजले पहिलो वर्षका लागि १ करोड ३२ लाख रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने  गरी काम अघि बढाएको कलेजले पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ ।  कलेजले भर्ना खोलेको पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई जनही रु. एक लाख रुपियाँ छात्रवृत्ति दिन लागेको  कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books