After SEE Portal

आईओईको शुल्क निर्धारण गर्न नयाँ सहमति

Bridge Course

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले हालै बढाएको शुल्क फिर्ता लिने नयाँ सहमति भएको छ ।

आइतबार  भएको त्रिवि पदाधिकारी,  इन्जिनियरिङ अध्ययन संस्थानका प्रतिनिधि, अनेरास्ववियु र स्ववियु पुल्चोकका प्रतिनिधिहरुसँग नयाँ  पाँच बुँदे सहमति गरेका छन् ।

सो पाँचबुँदे सहमतिमा संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, कर्णाली र मधेस प्रदेशमा क्याम्पस स्थापना प्रक्रिया अगाडि बढाउने, संस्थानको आर्थिक संकट समाधानको विकल्प खोज्न सर्वपक्षीय सहमति  खोज्ने लयायतका विषय समावेश गरिएको  छ ।

गत  भदौ १३ गते त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, सत्तारुढ दलहरुसम्वद्ध विद्यार्थीहरुसँग सहमति गरेका थिए ।  बृद्धि गरिएको शुल्क फिर्ता लिन संस्थानलाई निर्देशन दिने, शुल्क पुनरावलोकनका लागि नयाँ समिति बनाउने लगायतका निर्णय सो सहमतिमा उल्लेख गरिएको  थियो ।

त्यो सहमति गर्दा इन्जिनियरिङ अध्ययन संस्थान र नेकपा एमालेसम्वद्ध अनेरास्ववियुको प्रतिनिधि थिएनन् । उधारो सहमति भएको भन्दै अनेरास्वविुयले आन्दोलन जारी राख्यो भने स्ववियु पुल्चोकले पनि विरोध गर्यो ।

पाँचबुँदे सहमतिसँगै स्ववियु पुल्चोक र अनेरास्ववियुले गरेको आन्दोलनका सबै कार्यक्रम  फिर्ता गरेको छ । आईओईले हालै मात्र पूर्ण शुल्कमा पढ्ने विद्यार्थीहरुको शुल्क बृद्धि गरेको थियो । जसअनुसार ३ लाख १८ हजार रहेको शुल्क बढेर ७ लाख ७७ हजार तोकेको थियो ।

शुल्क बृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए पूर्व सहमतिपछि समाजवादी विद्यार्थी समूहको आन्दोलन फिर्ता गरिएको थियो ।

 

A Levels MA
Thuprai - Books and E-books