After SEE Portal

ठुलो समूहमा एसईईको अनुगमनमा जान नपाइने

Bridge Course

आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठुलो समूहमा अनुगमन गर्न नजान राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले निर्देशन दिएको छ ।

अनुगमनका नाममा ठुलो समूह परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीहरूको लेखन कार्यमा असुबिधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासो आएपछि यस्तो निर्देशन दिएको हो ।

अनुगमनको नाममा आधिकारिक व्यक्तिहरू बाहेका धेरै व्यक्तिहरू परीक्षाकेन्द्रहरूमा गएको बोर्डमा गुनासो आएपछि यस्तो निर्देशन दिएको छ ।

प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरू समूहगतरूपमा र धेरै संख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्न बोर्डले निर्देशन दिएको छ ।

 सबैलाई परीक्षा व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउने व्यवस्थामा सहयोग पुऱ्याउन समेत बोर्डले अनुरोध गरेको छ ।

साथै सम्पूर्ण परीक्षार्थीहरुलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण बनाउनका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिहरूबाट सबै केन्द्रहरूमा आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books