CMAT

उत्तरपुस्तिका हराएको विषय छानविन गर्न उच्चस्तरीय समिति गठन

Bachelors Portal

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

त्रिवि कार्यकारी परिषदको आजको निर्णयानुसार त्रिविका पूर्वरजिष्ट्रार प्राडा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । उत्तरपुस्तिका के कसरी हराएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्नुपर्ने परिषद्ले निर्देशन दिएको छ ।

परिषद्ले उत्तरपुस्तिका हराएको विषयमा समितिले तयार पारेको प्रतिवेदन माथि छलफल गरी आवश्यक निर्णय लिइने निर्णय गरेको छ ।

 त्रिविले गत वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं ४२२ ) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नं। ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो ।

विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित–प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको त्रिविले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

त्रिविले आगामी चैत २१ गते हराएका विषयका परीक्षा सञ्चालन गर्ने गरी सूचना समेत प्रकाशित गरिसकेको छ ।

त्रिविको देउखुरी र अछाम परीक्षा केन्द्रबाट सञ्चालन गरिएको जनसंख्या तथा स्वास्थ्य विषय विषयको १७६ थान उत्तरपुस्तिका हराएको पनिकाले जानकार िदियो ।

त्रिविले यसअघि पनि गत वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिकाको पोकै हराएको थियो। त्यसको भने त्रिविले पुनः परीक्षा गर्न लागेको छ। चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ।

पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो। सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन्।

चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो।

 

चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई सूच्ना जारी गरेको छ।

त्रिविले गत वर्ष व्यवस्थापन संकायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा लिएको थियो ।

Thuprai - Books and E-books
I Tech store